भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

आकाशबाट झर्‍यो ४५ किलोको रहस्यमय बस्तु, कसैलाई थाहा छैन के हो ?

एजेन्सी । उडनतस्करीको बारेमा हामीले केही वर्ष यता बाक्लै सुन्दै आएको छौं । यही खबरसँग मिल्दो जुल्दो एउटा खबर समाचार संस्थाहरुले प्रकाशमा ल्याएका छन् । भियतनामका समाचार संस्थाहरुले आकाशबाट तीन वटा अनौठो बस्तु खसेको बताएका छन् । त्यहाँका स्थानिय टेलिभिजनहरुले उक्त अनौठो बस्तु आकाशबाट खसेको दाबी गरेका छन् ।



उक्त बस्तु कसरी आकाशमा पुग्यो केही भन्न सकिएको छैन । के चिज हो ? कहाँबाट आयो त्यो पनि हालसम्म पत्ता लाग्न सकेको छैन । भियतनामको येन बाइ व तुयेन कुआंग राज्यमा उक्त अनौठो बस्तु खसेको हो । उक्त बस्तु हेर्दा कुनै धातुले बनेको जस्तो देखिन्छ । गोलाकार आकारमा रहेको त्यसबस्तुको तौल क्रमशः २५० ग्राम, ५ किलो र एउटा निकै नै ठूलो ४५ किलोको छ । भियतनामको रक्षा मन्त्रालय र त्यहाँका वैज्ञानिकहरुले त्यसको अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।



अनुसन्धानकर्ताहरुले रूसी अन्तरिक्ष कार्यक्रमको कुनै एक हिस्सा हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । अन्तरिक्षमा भएको कुनै गडबडीका कारण यो समस्या हुनसक्ने त्यहाँका वैज्ञानिकहरुले बताएका छन् । फेरिपनि अन्तरिक्षका टुक्राहरु धर्तिमा आइ पुग्नु अगावै अष्ट हुनु पर्ने हो तर किन भएन ? वैज्ञानिकहरु अनुसन्धानमा जुटिरहेको छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top