भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
रियल मड्रिडद्वारा प्रशिक्षक बेनिटेज बर्खास्त
जिदान नयाँ प्रशिक्षक
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक राफेल बेनिटेज नियुक्त गरेको सात महिनामै बर्खास्तीमा परेका छन्। लिगको तेस्रो स्थानमा रहेको रियल सोमवार राति भएको खेलमा भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएपछि रियल मड्रिडको बोर्डले करार अवधि बाँकी छदै ५५ वर्षीय बेनिजेटलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
बेनिटेज प्रशिक्षकमा नियुक्त भएयता रियलको खेलमा उतारचढाब भने आएको थियो । तर रियल आफ्नो वास्तविक लयमा फर्किन सकेको थिएन। रियलको अध्यक्ष पेरेज भएयताको १२ बर्षको इतिहासमा रियलले ११ प्रशिक्षण परिवर्तन गरिसकेको छ ।
गत नोभेम्बरमा घरेलु मैदान सान्टियागो बर्नवाउमा भएको इएल क्लासिको भिडन्तमा बार्सिलोनासँग ४–० गोल अन्तरले रियल पराजित भएपछि बेनिटेज बर्खास्तीमा पर्ने अनुमान स्पेनिस मिडियाले गरेका थिए।
रियलमा सात महिना बिताउँदा बेनिटेजको प्रक्षिणमा रियल मड्रिडले २५ वटामात्रै खेल खेलेको छ । २५ खेलमा रियल १७ खेलमा जित हात पारेको छ। तीनवटा खेल हारको रियलले ५ खेल बराबरी खेलेको छ । च्याम्पियन्स लिगको पहिलो चरणमा भने रियलले उत्कृष्ट खेल खेलेको थियो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
Post a Comment